होन्डा कारमा निःशुल्क एअरब्याग परिवर्तन
नेपालमा होन्डा कारको आधिकारिक वितरक स्याकार ट्रेडिङले होन्डाका केही मोडलमा एअरब्याग परिवर्तन गर्ने योजना ल्याएको छ।
ग्राहकको सुरक्षालाई ध्यानमा राखेर एअरब्याग परिवर्तन गर्न लागिएको कम्पनीले जनाएको छ। सन् २००१ देखि २०१४ सम्म नेपालमा बिक्री भएका सिटी, सिभिक, सीआरभी, ज्याज, इनसाइट, स्ट्रिम र एकर्ड कारको टकाटा एअरब्याग फिर्ता गर्न लागिएको हो।
यी मोडलमा एअरब्याग निःशुल्क परिवर्तन गरिने होन्डा कारका सर्भिस म्यानेजर बिनम श्रेष्ठले जानकारी दिए।