बस्ती छिर्यो बागमती (तस्वीरहरू)
अविरल वर्षाका कारण बागमती, विष्णुमती र मनोहरामा बाढी उर्लिएपछि काठमाडौं उपत्यकाको खोला किनारका बस्ती र सडक जलमग्न बनेका छन्।
बागमती र विष्णुमतीमा बिहानैदेखि बहाव बढेर बस्तीमा बाढी पसेपछि किनार र आसपासका बासिन्दाले घर छाडेका थिए।
बागमती र मनोहरामा आएको बाढीले ललितपुरको च्यासल र सानेपा तथा काठमाडौंको थापाथली, टेकु, बल्खु क्षेत्रलाई प्रभावित पारेको छ। बाढी बल्खु तरकारी बजारमा पनि पसेको छ।
बाढीले खोला किनार जलमग्न हुँदा जनजीवन र करिडोर सडकको आवागमन पनि प्रभावित भएको छ। यसअघि पनि साउन १६ गते बाढी आउँदा नदी किनारका बसोबासी र सर्वसाधारणले सास्ती भोगेका थिए।
हेर्नुस्, मंगलबारको बाढीले जलमग्न उपत्यकाका खोला किनारका तस्वीर: