बागमती, लुम्बिनी र कर्णालीमा प्रदेश प्रमुख नियुक्त
बागमती, लुम्बिनी र कर्णाली प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त भएका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार बागमतीमा दीपकप्रसाद देवकोटा, लुम्बिनीमा कृष्णबहादुर घर्तीमगर र कर्णालीमा यज्ञराज जोशीलाई प्रदेश प्रमुख नियुक्त गरेका हुन्।
मन्त्रिपरिषद्को साउन १४ गतेको बैठकको निर्णय एवं सिफारिशका आधारमा राष्ट्रपतिले प्रदेश प्रमुख नियुक्त गरेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जनाएकी छन्।
यसअघि प्रदेश प्रमुख रहेका यादवचन्द्र शर्मा, अमिक शेरचन र तिलक परियारलाई पदमुक्त भएका छन्। शर्मा बागमती, शेरचन लुम्बिनी र परियार कर्णालीका प्रदेश प्रमुख थिए।