सामसङको निःशुल्क पिक-अप र ड्रप सेवा
सामसङ नेपालले काठमाडौं उपत्यकाभरि वारेन्टी अवधि बाँकी रहेका मोबाइलका ग्राहकका लागि फ्री पिक-अप र ड्रप सेवा ल्याएको छ।
वारेन्टी अवधि बाँकी रहेका मोबाइलमा कुनै समस्या देखिएमा नेपाल टेलिकमको टोल-फ्री मोबाइल नम्बर १६६००१७२६६७, एनसेलको नम्बर ९८०१५७२६६७ मा वा ह्वाट्सएप नम्बर १६६००१७२६६७ मा सम्पर्क गरेर घरमै पिक-अप र ड्रप सेवासुविधा पाउने सामसङ नेपालले जनाएको छ।
सामसङका प्रतिनिधिले कल गरेको एक दिनभित्रै ग्राहकको घरमै पुगेर मोबाइल लिने जनाइएको छ। मर्मत भएपछि घरमै फिर्ता पठाइनेछ।
काठमाडौं उपत्यकाका न्यूरोड, सुन्धारा, जावलाखेल, भक्तपुर र नयाँ बानेश्वरमा रहेका सर्भिस सेन्टरबाट साउन १ गतेदेखि यो सुविधा शुरू भएको छ।