आठ वर्षमा त्रिशूली नदीमा हराए ५५ यात्रु
गत आठ वर्षमा त्रिशूली नदीमा पूर्व गृहमन्त्री सहित ५५ यात्रु हराएका छन्।
नारायणगढ-मुग्लिन सडक र पृथ्वी राजमार्गको मुग्लिन-मौवाखोला सडकखण्डमा बितेका आठ वर्षमा २१ वटा सवारीसाधन त्रिशूली नदीमा खसेका छन्। ती सवारीसाधनमा सवार पूर्व गृहमन्त्री माधवप्रसाद घिमिरे सहित ५५ यात्रु भेटिएका छैनन्।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार आर्थिक वर्ष २०७३/७४ मा पाँच वटा, २०७४/७५ मा चार वटा, २०७५/७६ मा चार वटा सवारीसाधन हराएका छन्। त्यस्तै, आव २०७६/७७, २०७७/७८ र २०७९/८० मा एक-एक तथा २०८०/८१ मा पाँच वटा सवारीसाधन त्रिशूलीमा खसेका थिए।
आव २०७३/७४ मा त्रिशूलीमा खसेका सवारीसाधनमा सवार १४ जना, २०७८/७९ मा चार जना र २०८०/८१ मा ३७ जना हराएका हुन्।
यस अवधिमा ६६ वटा सवारीसाधन दुर्घटनामा परेका छन्। आव २०७३/७४ देखि २०८०/८१ सम्म ४० ट्रक, नौ बस, १२ कार, तीन मोटरसाइकल र दुई वटा अन्य सवारीसाधन दुर्घटनामा परेको प्रहरीको तथ्यांक छ।
पछिल्लो पटक पहिरोले बगाउँदा दुई वटा यात्रुवाहक बस त्रिशूलीमा हराइरहेका छन्। दुवै बसमा सवार ३७ यात्रु पनि भेटिएका छैनन्।