पद्मश्री पुरस्कारका लागि उत्कृष्ट पुस्तककाे सूची सार्वजनिक
खेमलाल–हरिकला लामिछाने प्रतिष्ठानले पद्मश्री साहित्य पुरस्कार २०८० का लागि उत्कृष्ट पुस्तकको संक्षिप्त सूची सार्वजनिक गरेको छ।
प्रतिष्ठानले १५ पुस्तक समेटिएको उत्कृष्ट विस्तारित सूचीबाट पाँच पुस्तक छनोट गरेको हो। जसमा कृष्ण गौतमको उपन्यास अद्वैत, सानु शर्माको कथा संग्रह अर्को देशमा, रोशन शेरचनको निबन्ध संग्रह गल्ली संसार, कुमार नगरकोटीको संस्मरण जोगियाना र गोविन्द कुसुमको उपन्यास भृकुटी छन्। यीमध्ये एउटा पुस्तकले पद्मश्री साहित्य पुरस्कार प्राप्त गर्नेछ।
२०८० सालमा प्रकाशित १८६ वटा साहित्यिक पुस्तकबाट उत्कृष्ट पुस्तक छानिएको प्रतिष्ठानले जनाएको छ। यो प्रतिष्ठानले २०६३ देखि नेपाली साहित्यमा वर्षभरि प्रकाशित पुस्तकहरूमध्ये उत्कृष्ट पुस्तकलाई पद्मश्री साहित्य पुरस्कार प्रदान गर्दै आएको छ।