भारतसँग बदला लिंदै श्रीलंकाले जित्यो टी–२० एशिया कप
अघिल्लो संस्करणको फाइनलमा ८ विकेटले हारेको श्रीलंकाले भारतलाई ८ विकेटले नै पराजित गर्दै पहिलो पटक एसीसी टी–२० महिला एसिया कपको उपाधि जितेको छ।
आयोजक श्रीलंकाले आइतबार डम्बुला क्रिकेट रंगशालामा भारतलाई आठ विकेटले पराजित गरेको हो। संयोग कस्तो छ भने, अघिल्लो संस्करणको उपाधि श्रीलंकालाई आठ विकेटले नै हराएर भारतले जितेको थियो।
टस जितेर ब्याटिङ रोजेको भारतले ६ विकेटको क्षतिमा सबै ओभर खेलेर १६५ रन जोडेको थियो। भारतका लागि स्मृति मन्धनले सर्वाधिक ६० रनको योगदान दिइन्। ४७ बल खेलेकी उनले १० चौका प्रहार गरेकी थिइन्।
भारतले दिएको १६६ रनको लक्ष्य श्रीलंकाले दुई विकेटको क्षतिमा आठ बल बाँकी छँदै पूरा गरेको हो। श्रीलंकाका लागि हर्षिता समरविक्रमाले अविजित ६९ रन जोडिन्। 'प्लेर अफ दि म्याच' हर्षितासँग कसिभा दिलारीले ७३ रनको साझेदारी गरिन्। दिलारीले १६ बलमा ३० रन प्रहार गरिन्।
श्रीलंकाली कप्तान ए. अमरीले दुई छक्का सहित ६१ रन जोडेकी थिइन्। तीन बलमा खाता खाेलेकी ओपनर भिष्मी गुणरत्ने रन आउट भइन्। भारतका खेलाडी दिप्ती शर्माले श्रींकाली कप्तानी चमरीलाई पभेलियन फर्काएकी थिइन्।
श्रीलंकाका लागि कसिभा दिलारीले दुई तथा चमरी ए., सचिनी निसान्सला र उदयसिका प्रबोधनीले एक–एक विकेट लिए।
उपाधि विजेता श्रीलंकाले २५ हजार डलर र उपविजेता भारतले १५ हजार डलर प्राप्त गर्यो। प्लेर अफ दिन टुर्नामेन्ट चमरीले २५ सय डलर प्राप्त गरिन्।
सेमिफाइनलमा श्रीलंकाले पाकिस्तान र भारतले बांगलादेशलाई पराजित गरेको थियो।
एशिया कपमा समूह चरणबाट बाहिरिएको नेपालले युएईलाई ६ विकेटले पराजित गरेको थियो। भारतसँग ८२ रन र पाकिस्तानसँग ९ विकेटले भने नेपाल पराजित भएको थियो।