विमान दुर्घटनामा घाइते क्याप्टेन शाक्यको स्वास्थ्यमा सुधार : अस्पताल
सौर्य एअरलाइन्सको विमान दुर्घटनामा घाइते भएका क्याप्टेन मनीषरत्न शाक्यको स्वास्थ्यमा सुधार आएको अस्पतालले जनाएको छ।
काठमाडौं मेडिकल कलेजको सघन उपचार कक्ष (आईसीयू)मा क्याप्टेन शाक्यको उपचार भइरहेको छ। उनको स्वास्थ्यमा सुधार आएको कलेजकी निर्देशक प्रा.डा. मीना थापाले बताइन्।
डा. थापाका अनुसार शाक्यको ढाडको एउटा हड्डी र देब्रेपट्टिका तीन वटा करङ भाँचिएका छन्। “ढाडको हड्डी भाँचिएकाले हामीले पूर्णतया आराममा राखेका छौं,” डा. थापाले भनिन्, “घरपरिवारका बाहेकलाई भेट्न दिएका छैनौं।”
अस्पतालका अनुसार थापाको अनुहार, आँखा, नाक तथा टाउकामा पनि चोट लागेको छ।
साउन ९ गते काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एअरलाइन्सको ‘९एन–एएमई’ विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना भएको थियो। उडेको केही सेकेन्डमै दुर्घटना हुँदा विमानमा सवार १८ जनाको मृत्यु भएको थियो।
क्याप्टेन शाक्यलाई सुरक्षाकर्मीको टोलीले उद्धार गरेको थियो। उनलाई तत्कालै काठमाडौं मेडिकल कलेजमा भर्ना गरिएको थियो।
यो पनि पढ्नुहोस् :