राष्ट्र ब्यांकद्वारा मौद्रिक नीति सार्वजनिक (पूर्ण पाठ)
नेपाल राष्ट्र ब्यांकले चालू आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गरेको छ।
राष्ट्र ब्यांकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार मौद्रिक नीति सार्वजनिक गरेका हुन्। मौद्रिक नीतिमा यस वर्ष निजी क्षेत्रमा जाने कर्जा बढ्ने अनुमान गरिएको छ।
नीतिले मौद्रिक सहजीकरणबाट मात्रै माग बढाउनु दीघर्कालीन वित्तीय स्थायित्व जोखिम हुने भन्दै सजगतापूर्ण लचिलो दिशालाई निरन्तरता दिएको छ।
मूल्यवृद्धि दर पाँच प्रतिशतमा सीमित राख्ने नीतिमा उल्लेख छ। त्यस्तै, कर्जा वृद्धिदरको लक्ष्य १२.५ प्रतिशत राखिएको छ। नीतिगत दर ५.५ बाट पाँच प्रतिशतमा झारिएको छ।
नयाँ मौद्रिक नीतिमा निर्माण व्यवसायीलाई सहजीकरण गरिएको छ। चेक अनादर भएका आधारमा निर्माण व्यवसायीलाई कालो सूचीमा नराखिने भएको छ।