सौर्य एअरलाइन्स व्यवस्थापन समूहका पाँच जना सवार थिए विमानमा
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनामा परेको सौर्य एअरलाइन्सको जहाजमा सवार १९ मध्ये पाँच जना सौर्यकै व्यवस्थापन समूहका सदस्य रहेको पाइएको छ।
दुर्घटनामा परेको विमानका क्याप्टेन मनीषरत्न शाक्य एअरलाइन्सका अपरेशन प्रमुख समेत हुन्। त्यस्तै, चीफ अफ सेफ्टी सागर आचार्य, सीएएमओ मेनेजर अश्विनकुमार निरौला, मेनेजर मेन्टेन्स यज्ञप्रसाद पौड्याल र चीफ अफ क्युए दिलीप बर्मा रहेको एअरलाइन्सका एक अधिकारीले जानकारी दिए।
एस कटुवाल कोपाइलट हुन् । विमानमा रहेका अरिफ रेडा बाहेक सबै नेपाली नागरिक हुन्। उनी यमनका नागरिक हुन्। १९ मध्ये एक जना महिला थिइन्।
नेपाल नागरिक उड्डयन प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले दिएको जानकारी अनुसार दुर्घटनामा १८ जनाको ज्यान गएको छ भने एक जनाको उपचार भइरहेको छ।
त्रिभुवन विमानस्थलबाट साउन ९ गते बिहान ११:११ बजे पोखराका लागि उडेको ‘९एन-एएमई’ विमान लगत्तै दुर्घटनामा परेको हो। विमान मर्मतका लागि पोखरा जाँदै थियो।
विमानमा सवार १९ जना :
१) मनीषरत्न शाक्य, क्याप्टेन
२) एस कटुवाल
३) अमिटमान महर्जन
४) सागर आचार्य, चीफ अफ सेफ्टी
५) दिलीप बर्मा, चीफ अफ क्युए
६) मनुराज शर्मा
७) आश्विन निरौला, सीएएमओ मेनेजर
८) सुदीपलाल जोशी
९) सर्वेश महर्जन
१०) श्याम बिन्दुकार
११) नवराज आले
१२) राजाराम आचार्य
१३) प्रिजा खतिवडा
१४) अधिराज शर्मा
१५) उद्धव पुरी
१६) यज्ञप्रसाद पौड्याल, मेनेजर मेन्टेन्स
१७) सन्तोष महतो
१८) पुण्यरत्न शाही
१९) अरिफ रेड