नियमित मर्मतका लागि पोखरा उडेको थियो विमान
सौर्य एअरलाइन्सको दुर्घटनामा परेको विमान नियमित मर्मतका लागि पोखरा जान लागेको जनाएको छ।
जहाज नियमित मर्मतका लागि पोखरा उडानको अनुमति लिएको नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले हिमालखबरलाई बताए। “नियमित मर्मतका लागि हिजो नै उडान अनुमति लिएको हो,” उनले भने।
जहाजमा चालक दलका दुई सदस्य सहित १९ जना थिए। पाइलट मनीष शाक्यको जीवितै उद्धार गरेर सिनामंगलस्थित केएमसी अस्पतालमा उपचारका लागि लगिएको पनि उनले बताए।
जहाज ११ बजेर २६ मिनेटमा जमीन छोड्ने बित्तिकै दुर्घटनामा परेको हो। करीब १५-२० फिट माथि पुग्नासाथै जहाज अनियन्त्रित बनेर गोठाटारपट्टि खसेको भुलले बताए।