संसदीय दलकाे नेताबाट लीला गिरीले दिए राजीनामा
नेकपा (एमाले)ले लुम्बिनीमा उपनेतालाई मुख्यमन्त्री बनाएपछि संसदीय दलका नेता लीला गिरीले राजीनामा दिएका छन्।
एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बुधबार राजीनामा बुझाएको गिरीले हिमालखबरलाई बताए। आफूमाथि अन्याय भएपछि नैतिकताका आधारमा पनि दलको नेतामा बस्न उचित नलागेको गिरीको भनाइ छ।
“पार्टीले मलाई घात मात्रै गरेन, केन्द्रीय हस्तक्षेप गरेर मप्रति ठूलो अन्याय भएको छ, यो संसदीय पद्धति विपरीत पनि हो,” उनले भने।
प्रदेशमा एमाले र नेपाली कांग्रेसबीच गिरीलाई मुख्यमन्त्री बनाउने सहमति भएको थियो। तर एमाले केन्द्रले हस्तक्षेप गरेपछि गिरी मुख्यमन्त्री बन्न पाएनन्।
उनको सट्टा संसदीय दलका उपनेता चेतनारायण आचार्य मुख्यमन्त्री बनेका छन्। उनले बुधबार पद तथा गोपनीयताको शपथ पनि लिएका छन्।