लुम्बिनीमा मुख्यमन्त्रीसँगै आठ मन्त्रीले लिए शपथ
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यसँगै आठ मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन्।
बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा बुधबार मुख्यमन्त्री आचार्यले शपथ लिएका हुन्। उनीसँगै आठ मन्त्रीलाई प्रदेश प्रमुख अमिक शेरचनले शपथ खुवाएका छन्।
लुम्बिनी सरकारमा नेकपा (एमाले) र नेपाली कांग्रेसबाट चार/चार मन्त्री नियुक्त भएका छन्। एमालेबाट भूमीश्वर ढकाल, दिनेश पन्थी, खेम सारू र सीता शर्मा चौधरी मन्त्री बनेका छन्। त्यस्तै, कांग्रेसबाट धनेन्द्र कार्की, रोज राणा, प्रचण्डविक्रम न्यौपाने र बादशाह कुर्मी मन्त्री बनेका हुन्। उनीहरूलाई जिम्मेवारी दिन भने बाँकी नै छ।
लुम्बिनीमा अहिले १२ मन्त्रालय छन्। कांग्रेस र एमालेबीच पाँच/पाँच मन्त्रालय लिने सहमति भएको छ। कांग्रेसमा आन्तरिक विवादका कारण चार मन्त्रीले मात्रै शपथ लिएका हुन्।