विश्वले नदेखेको भूटानका राजबन्दी, ३१ वर्षपछि बाबुछोरीको भेट (भिडिओ)
भूटानी जेलमा ३२ वर्ष बिताएका रामबहादुर राई, ३० वर्ष बिताएका मधुकर मगर र २० वर्ष बिताएका मनबहादुर खालिङ राईले देशविहीन हुनुको पीडा यसरी सुनाए।
मोटो रकम असुलेर नेपालीलाई नक्कली भूटानी शरणार्थी बनाएको विषयमा अनुसन्धान भइरहँदा तीन दशकभन्दा बढी जेल जीवन बिताएका भूटानी राजबन्दीहरू भने शरणार्थी परिचयपत्रका लागि भौंतारिनुपरेको छ। तीनैमध्येका एक रामबहादुर राईले आफ्नी छोरी जमुनालाई भेटेका छन्।
भिडिओः गोपेन राई र सुमन नेपाली
अडिओ र सम्पादनः सोमित अधिकारी
विस्तृत समाचार: नक्कली शरणार्थी बनाउने नेपालीको अपराधमा भूटानी राजबन्दीलाई सजाय