बहादुरसिं लामा बागमतीको मुख्यमन्त्री नियुक्त
बागमती प्रदेश नेपाली कांग्रेसको संसदीय दलका नेता बहादुरसिं लामा प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन् ।
बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले लामालाई मंगलबार मुख्यमन्त्री पदमा नियुक्त गरेका हुन्। लामा बुधबार पद तथा गोपनीयताको शपथ लिने र मन्त्रिमण्डल समेत विस्तार गर्ने तयारीमा छन्।
लामा गत निर्वाचनमा नुवाकोट २ (क) बाट प्रदेश सभा सदस्य निर्वाचित भएका थिए।
उनी २०७० सालमा संविधानसभा सदस्य, २०७४ मा प्रतिनिधि सभा सदस्य र २०७९ मा बागमती प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए। यसअघि उनले बागमती प्रदेशको आर्थिक मामिला तथा योजनामन्त्रीको जिम्मेवारी सम्हालेका थिए।