१२० वर्ष पुरानाे भद्रकाली सत्तल कानून विपरीत पुनर्निर्माण गरिँदै (भिडिओ)
१२० वर्षअघि बनेको काठमाडौंको भद्रकालीस्थित पुरातात्त्विक एवं ऐतिहासिक महत्त्वको सत्तल कानून विपरीत पुनर्निर्माण भइरहेको छ।
बेलायती शैलीमा निर्माण भएको पुरानो सत्तललाई विदेशी शैलीको भन्दै काठमाडौं महानगरपालिकाले नयाँ बनाउन लागेको हो। पुरानै शैलीमा निर्माण गर्न पुरातत्त्वविद् र नागरिक अगुवाले माग गर्दै आएका छन्।
यसैबीच पुरातत्त्व विभागले पुरानै शैलीमा पुनर्निर्माण गर्न भनेको छ। अहिले भइरहेको कार्यलाई कानून विपरीत भन्दै रोक्न पत्राचार गरेको छ।
रिपोर्ट : धनु विश्वकर्मा
क्यामरा : सुमन नेपाली
अडिओ : सोमित अधिकारी
सम्पादन : गोपेन राई