ग्लोबल आइएमई ब्यांक र इशान अस्पतालबीच समझदारी
ग्लोबल आइएमई ब्यांंक लिमिटेड र इशान बाल तथा महिला अस्पतालबीच ब्यांंकका ग्राहकलाई अस्पतालमा उपलब्ध विभिन्न स्वास्थ्य सेवामा छूट प्रदान गर्ने समझदारी भएको छ।
समझदारीपत्रमा ब्यांकका प्रमुख बजार अधिकृत दिलीप पोखरेल र अस्पतालका प्रमुख परिचालन अधिकृत श्रीराम पन्तले हस्ताक्षर गरेका छन्। यस अवसरमा अस्पतालका निर्देशक प्रा. डा. रामनन्दन पी. चौधरी पनि उपस्थित थिए।
सम्झौता अनुसार अस्पतालले ब्यांकका डेबिट/क्रेडिट कार्ड एवं ब्यांकको मोबाइल एप (ग्लोबल स्मार्ट प्लस) प्रयोगकर्तालाई औषधोपचारका लागि अस्पतालमा १० प्रतिशतसम्म छूट प्रदान गर्नेछ। त्यस्तै, अस्पतालको शय्या शुल्क, डायग्नोस्टिक, ओपीडी लगायत सेवामा १० प्रतिशतसम्म छूट प्रदान गरिनेछ।
यस साझेदारी पश्चात् ग्लोबल आइएमई ब्यांकका ग्राहकले गुणस्तरीय स्वास्थ्य सेवा सुविधा उचित दरमा प्राप्त गर्ने र अस्पतालले स्वास्थ्य सेवा तथा सुविधा विस्तार गर्न ब्यांकसँग सहकार्य गर्न पाउँदा खुशी लागेको इशान अस्पतालका निर्देशक प्रा.डा. रामनन्दन पी. चौधरीले बताए।
त्यस्तै, ब्यांकका प्रमुख बजार अधिकृत दिलीप पोखरेलले इशान अस्पतालसँगको साझेदारीले ब्यांकका ग्राहकलाई लाभान्वित गर्ने र ब्यांकको कार्ड तथा मोबाइल ब्यांकिङ सेवाको प्रयोगकर्ता वृद्धि हुने विश्वास लिएको बताए।