एस ईभीका दुई वटा नयाँ गाडी नेपाली बजारमा
टाटा मोटर्सका नयाँ दुई वटा एस ईभी गाडी नेपाली बजारमा आएका छन्।
टाटा मोटर्स लिमिटेडको नेपालका लागि आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ प्रालिले नयाँ गाडी भित्र्याएको छ। टाटाका एस ईभी सीएलबी र एस ईभी फ्लाट बेड गाडी सार्वजनिक गरिएको हो।
टाटा एस ईभी कन्टेनरको सफलतापछि नयाँ मोडल तयार पारिएको कम्पनीले जनाएको छ। कार्यक्रममा बोल्दै टाटा मोटर्सको इन्टरन्याशनल बिजनेस हेड अनुराग मेहरोत्राले नयाँ मोडलले एस परिवारलाई थप विस्तार गर्दै ग्राहकलाई विकल्प दिएको बताए। नेपालमा शून्य उत्सर्जन सामान ढुवानीलाई सशक्त पार्ने उद्देश्यमा नयाँ मोडलले सहयोग पुग्ने उनको भनाइ थियो।
सिप्रदीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले एस ईभी सीएलबी र एस ईभी फ्लाट बेड प्रस्तुत गर्न पाउँदा खुशी लागेको बताए। यसका लागि कम्पनीले घरमै चार्जिङ गर्ने पूर्वाधार प्रदान गरेर थप सुविधा दिएको उनको भनाइ थियो।
एस ईभी कन्टेनरको मूल्य २२ लाख ९९ हजार रुपैयाँ, एस ईभी सीएलबीको मूल्य २२ लाख ७९ हजार रुपैयाँ र एस ईभी फ्लाट बेडको मूल्य २१ लाख ९९ हजार रुपैयाँ छ।