तस्वीरमा ललितपुर कोरा प्रतिस्पर्धा
ललितपुरको पाटन दरबार क्षेत्रबाट यस वर्षको कोरा साइकल प्रतियोगिता शुरू भएको छ।
साइकलको प्रयोग बढाउन र सहयोग संकलन गर्न हरेक वर्ष कोरा आयोजना गरिंदै आएको छ। यो वर्ष कोराबाट संकलित रकम नेपालगन्जको ‘पम्प ट्र्याक’ को स्तरोन्नतिका लागि सहयोग गरिने भएको छ।
हिन्दू तथा बौद्ध धर्ममा कुनै पवित्रस्थललाई घडीको सुईको दिशामा परिक्रमा गर्नुलाई ‘कोरा’ भनिन्छ। त्यसैबाट प्रभावित भएर कोरा नामकरण गरिएको हो। यसमा पनि घडीको सुईको दिशामा साइकल यात्रा गरिंदै आएको छ।
पाटनबाट शुरू भएको कोराका क्रममा ललितपुर र काठमाडौंका विभिन्न स्थानको परिक्रमा गरिनेछ। यस पटकको कोरामा पाँच हजार जना सहभागी छन्। यो कोराको १४औं संस्करण हो।