व्यवसायी अम्बिका श्रेष्ठलाई अन्तिम श्रद्धाञ्जली (तस्वीरहरू)
व्यवसायी अम्बिका श्रेष्ठको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि काठमाडौंको बत्तीसपुतलीस्थित द द्वारिकाज् होटल परिसरमा राखिएको छ।
उनलाई अन्तिम श्रद्धाञ्जली अर्पण गर्न राजनीतिक दलका नेता, उद्योगी, व्यवसायी, विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तिहरू द द्वारिकाज् होटल पुगेका छन्। उनको पार्थिव शरीर बिहान ११ बजेसम्म द द्वारिकाज् होटल परिसरमा राखिनेछ।
९२ वर्षीया श्रेष्ठको साउन ३ गते बिहान निधन भएको थियो। निमोनिया र बाथरोगबाट पीडित श्रेष्ठले उपचारका क्रममा मेडिसिटी अस्पतालमा अन्तिम सास लिएकी थिइन्।
हिमालमिडिया प्रालिका संस्थापक अध्यक्ष श्रेष्ठ स्पेनका लागि अवैतनिक महावाणिज्यदूत भएकी थिइन्। साढे ६ दशकदेखि होटल तथा पर्यटन व्यवसायमा संलग्न उनले ३३ वर्षदेखि पूर्ण रूपमा द द्वारिकाज् होटल सम्हाल्दै आएकी थिइन्।
आजै पशुपति आर्यघाटमा उनको दाहसंस्कार गरिनेछ।
याे पनि पढ्नुहाेस्: नेपाल चिनाउने एक नेपाली