ग्लोबल आइएमई ब्यांकका ग्राहक ५० लाख
ग्लोबल आइएमई ब्यांक लिमिटेडका ग्राहकको संख्या ५० लाख नाघेको छ।
२०६३ सालमा स्थापना भएको ब्यांकले स्थापनाको १७ वर्षमै विभिन्न २१ वटा ब्यांंक तथा वित्तीय संस्थासँग मर्जर तथा एक्विजिशन गरेको छ। अहिले अधिकांश वित्तीय सूचकमा मुलुककै सबैभन्दा ठूलो वाणिज्य ब्यांक बन्न सफल भएको ब्यांकले जनाएको छ।
त्यस्तै, ब्यांककोे निक्षेप पाँच खर्ब रुपैयाँ नाघेको छ। पूँजी, शाखा सञ्जालका साथसाथै कुल निक्षेप र ग्राहक संख्यामा पनि ग्लोबल आइएमई देशका ब्यांक तथा वित्तीय संस्थामध्ये पहिलो नम्बरमा रहेको ब्यांकको दाबी छ।
मुलुकका ७७ वटै जिल्लामा यस ब्यांकको शाखा सञ्जाल छ। एक हजार १०० भन्दा बढी सेवा केन्द्र छन्। त्यस्तै, ३५४ शाखा कार्यालय, ३८४ एटीएम, २७७ शाखारहित ब्यांकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र तीन वटा वैदेशिक प्रतिनिधि कार्यालय छन्।
त्यसैगरी, ब्यांकले विश्वका विभिन्न देशबाट रेमिटेन्स भित्र्याउने सुविधा पनि प्रदान गरिरहेको छ।