महान्यायाधिवक्ता पोखरेलको राजीनामा स्वीकृत
राष्ट्रपति रामचन्द्र पौडेलले महान्यायाधिवक्ता दीनमणि पोखरेलको राजीनामा स्वीकृत गरेका छन्।
महान्यायाधिवक्ता पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओली मार्फत दिएको राजीनामा मंगलबार स्वीकृत भएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलेजा रेग्मी भट्टराईले जानकारी दिइन्। सरकार परिवर्तन भएसँगै पोखरेलले पदबाट राजीनामा दिएका हुन्।
निवर्तमान उपप्रधानमन्त्री रवि लामिछानेको विरुद्धमा कुनै उजुरी र अभियोजन नरहेको पत्र दिएपछि पोखरेल विवादमा परेका थिए।