एमजी-४ ईभीको कोरला यात्रा
एमजी मोटर्सको एमजी-४ ईभी उपल्लो मुस्ताङको चीनसँगको सीमानाका कोरला पुगेको छ।
एमजी-४ ईभीको कोरला यात्राको अगुवाइ धिरेनमान श्रेष्ठले गरेका हुन्। उपल्लो मुस्ताङको कठिन ‘अफ रोड’ बाटोमा पनि यो गाडीमा सहजतापूर्वक यात्रा गरिएको श्रेष्ठले सुनाए।
यस यात्राका क्रममा कोरलाको चार हजार ६६० मिटरको उचाइसम्म पुगिएको कम्पनीले जनाएको छ। यसअघि यो गाडीमा श्रेष्ठले हेटौंडा-काठमाडौं र कालिन्चोक सडकमा यात्रा गरेका थिए।