एनसेलले ल्यायो ‘बिज सधैं अन’ योजना
एनसेलले व्यवसाय जगत्लाई ध्यानमा राखेर विशेष रूपमा डिजाइन गरिएको ‘बिज सधैं अन’ योजना ल्याएको छ।
यो योजना फाइभजी भिजनमा आधारित अर्को पहल भएको एनसेलले जनाएको छ। उद्योग, संघ, संस्था, ठूला, साना तथा मझौला व्यवसायलाई आफ्नो क्षेत्रमा सधैं अनको प्रयोग मार्फत व्यापार, व्यवसाय बढाउन सहयोग पुर्याउने उद्देश्यले ‘बिज सधैं अन’ योजना ल्याइएको जनाएको छ।
एनसेलले उद्यमी-व्यवसायीलाई मासिक रेन्टलमा ‘बिज सधैं अन’ प्लान अन्तर्गत ४९९ देखि एक हजार ९४९ रुपैयाँसम्मका पाँच वटा योजना ल्याएको छ। यसमा डेटा, भोइस र एसएमएसका साथै लायन्सगेट प्ले र मेरो लगानी एप पनि बन्डल गरिएको छ।
यो योजना अन्तर्गत ४९९ रुपैयाँमा १७ जीबी डेटा, ६०० मिनेट नेपालभरि कुरा गर्न टक टाइम र ६०० वटा लोकल एसएमएस पठाउन सकिनेछ। त्यस्तै, ६४९ रुपैयाँमा ३० जीबी डेटा, अनलिमिटेड टक टाइम र ६५० वटा एसएसएस पठाउन सकिनेछ।
यसैगरी, ९९९ रुपैयाँको प्याकमा ६० जीबी डेटा, अनलिमिटेड टक टाइम र एक हजार वटा लोकल एसएमएस पठाउन सकिने कम्पनीले जनाएको छ। आवश्यकता अनुसार एक हजार ५९९ रुपैयाँ र एक हजार ९४९ रुपैयाँको मासिक प्लान पनि लिन सकिनेछ।