देवले ल्याए ‘मागी बिहे कि भागी बिहे’
लोक-पप जनराको नयाँ म्युजिक भिडिओ ‘मागी बिहे कि भागी बिहे’ सार्वजनिक भएको छ।
यसमा देव आरएन र जिशु कोइरालाको रोमाञ्चक अभिनय छ। नन्दुका शब्द तथा नन्दु राई र लक्ष्मी स्याङ्तानको स्वरमा रहेको गीतको संगीत संयोजन रमेश सेन्चुरीले गरेका छन्।
सरोज श्रेष्ठले निर्देशन गरेको भिडिओमा देव र जिशुसँगै विजयकृष्ण श्रेष्ठ, सरोज श्रेष्ठ र भक्तबहादुरको अभिनय छ। नवलपुरको ढोडेनीमा छायांकन गरिएको भिडिओका परिकल्पनाकार राहुल रसाइली हुन्। यसमा सन्तोष परियारको सिनेमाटोग्राफी तथा सन्देश दियालको सम्पादन छ।
गीत सार्वजनिक कार्यक्रममा बोल्दै प्रमुख अतिथि सेन्ट्रल कलेजका प्रिन्सिपल यज्ञविलास पौडेलले नेपाली कला-संस्कृतिको प्रवर्द्धनमा कलेजले सघाउने बताए। यो गीत देव आरएन अफिसियल यूट्यूब च्यानल मार्फत सार्वजनिक गरिएको छ।