‘वास्तविक सहकारीपीडितसँग वार्ता गर्ने भए रत्नपार्क आउनुपर्छ’
सहकारीपीडितहरूले सहकारीको रकम अपचलनबारे छानबिन गर्न बनेको संसदीय समितिलाई रत्नपार्कस्थित धर्नास्थलमा आउन आग्रह गरेका छन्।
सहकारीपीडितले सहकारीको रकम अपचलनबारे छानबिन गर्न बनेको संसदीय समितिलाई रत्नपार्कस्थित धर्नास्थलमा आउन आग्रह गरेका छन्। समितिले बुधबार पीडितहरूसँग छलफल गर्ने भएपछि उनीहरूले वास्तविक पीडितलाई भेट्नुपर्ने माग राखेका हुन।
सहकारीपीडित संघर्ष समिति महासंघका सल्लाहकार गोपाल त्रिपाठीले हिमालखबरसँग भने, “हामी ४६ दिनदेखि रत्नपार्कमा धर्नामा बसेका छौं, संसदीय समितिले वास्तविक पीडितसँग छलफल गर्न लागेको भए धर्नास्थलमै आओस्।”
छानबिन समितिका सभापति सूर्य थापाका अनुसार समितिले बुधबार पीडितहरूको गुनासो सुन्न लागेको हो। पीडितहरूलाई प्रतिनिधिमूलक रूपमा छलफलमा सहभागी गराइने उनले जानकारी दिए।