रवि लामिछानेको पार्टीबाट राष्ट्रिय स्वतन्त्र पार्टी बनाउने संकल्प रोकिंदैन : मुकुल ढकाल
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को कारबाहीमा परेका डा. मुकुल ढकालले आफू रवि लामिछानेको क्लबबाट निष्कासित भएको बताएका छन्।
रास्वपाले असार २५ गते महामन्त्री, प्रवक्ता र केन्द्रीय समितिबाट हटाए लगत्तै उनले पार्टीलाई रविको पार्टीबाट रास्वपा बनाउने संकल्प नरोकिने बताएका हुन्।
“रवि लामिछाने क्लबबाट निष्कासित भएको हुँ,” डा. ढकालले भनेका छन्, “राष्ट्रिय स्वतन्त्र पार्टीभित्र घण्टी बज्न रोकिंदैन, रविको पार्टीबाट राष्ट्रिय स्वतन्त्र पार्टी बनाउने संकल्प रोकिंदैन, घण्टी बज्न रोकिंदैन।”
असार १९ गते ढकाल मुखमा कालो टेप लगाएर केन्द्रीय समिति बैठकमा सहभागी भएका थिए। त्यही दिन बसेको बैठकले उनलाई एक साताका लागि निलम्बन गरेको थियो।
ढकालले तयार पारेको प्रतिवेदन भने पार्टी सभापति लामिछानेले बैठकमा प्रस्तुत गर्न दिएका थिएनन्।
रास्वपा महामन्त्री मुकुल ढकाल पार्टीको जिम्मेवारीबाट मुक्त