रास्वपा महामन्त्री मुकुल ढकाल पार्टीको जिम्मेवारीबाट मुक्त
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले डा. मुकुल ढकाललाई महामन्त्री, प्रवक्ता र केन्द्रीय समितिबाट हटाएको छ।
रास्वपाको असार २५ गते बसेको केन्द्रीय समितिको बैठकले ढकाललाई सबै जिम्मेवारीबाट मुक्त गरेको रास्वपाका कार्यवाहक प्रवक्ता मनीष झाले सञ्चारकर्मीलाई जानकारी दिए। पुनरावेदनका लागि ३५ दिनको समय दिइएको झाले बताए।
झाका अनुसार ढकालको साधारण सदस्यता भने कायम रहनेछ। पार्टीको अनुशासन आयोगले भने उनलाई साधारण सदस्य समेत नरहने गरी कारबाही गर्न सिफारिश गरेको रास्वपाका नेताहरूले बताएका छन्।