सामान्य बन्दै बाढी पसेका बस्ती (तस्वीरहरू)
पानी पर्न कम भएसँगै बाढी पसेका बस्ती सामान्य बन्दै गएका छन्।
बागमती नदीमा आएको बाढी बस्तीमा बसेपछि काठमाडौंको बल्खु क्षेत्रका बासिन्दा अप्ठ्यारोमा परेका थिए। बल्खुसँगै बागमती किनारका बस्ती डुबानमा परेका थिए।
घरभित्र भल पसेपछि सरसामान बगेका थिए भने लुगाकपडा भिजेका थिए। आज पानी रोकिएसँगै बागमतीको सतह घटेको छ। यससँगै बल्खुका बासिन्दा घरभित्रका सरसामान मिलाउन थालेका छन्।