पोखरीमा डुबेर तीन बालिकाको मृत्यु
धनुषाको धनौजीस्थित पोखरीमा डुबेर तीन बालिकाको मृत्यु भएको छ।
धनौजी गाउँपालिका-५, बहुअर्वामा नुहाउने क्रममा डुबेर तीन बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, धनुषाका प्रहरी नायब उपरीक्षक (एसपी) रञ्जन अवालेले बताए। पोखरीमा डुबेर ११ र १२ वर्षका मुस्कान खातुन, जिनत खातुन र अजमेरी खातुनको मृत्यु भएको एसपी अवालेले बताए।
उनका अनुसार बिहीबार दिउँसो करीब सवा १२ बजे उनीहरू नुहाउनका लागि पोखरीमा गएका थिए। नुहाउने क्रममै डुबेका थिए।
पोखरीमा डुबेका बालिकालाई स्थानीय बासिन्दाले उद्धार गरेका थिए। उनीहरूलाई अस्पताल लैजाने क्रममा एक बालिकाको बाटामै ज्यान गएको थियो। अन्य दुई बालिकालाई पनि अस्पताल पुर्याए लगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए।
गर्मी बढेसँगै पोखरी तथा खोलामा नुहाउने क्रममा बालबालिकाको ज्यान जाने गरेको छ। विशेष गरेर तराई-मधेशका जिल्लामा बालबालिकाले ज्यान गुमाइरहेका छन्।
यो पनि पढ्नुहोस् : बेवास्ताको विपद् : डुबेर ज्यान गुमाउँदै बालबालिका