रवि लामिछानेले प्रस्तुत गर्न नदिएको रास्वपा महामन्त्री मुकुल ढकालको प्रस्तावमा के छ?
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री डा. मुकुल ढकालले आफ्नो पार्टी सभापति रवि लामिछाने गलत बाटोमा हिंडेको आरोप लगाएका छन्।
काठमाडौंमा जारी केन्द्रीय समिति बैठकमा प्रस्तुत गर्न नपाएको प्रस्तावमा महामन्त्री ढकालले सभापति लामिछानेको आलोचना गरेका हुन्। उनले भनेका छन्, ‘सभापतिज्यू, झिंगासँग उडियो भने गुमा पुगिन्छ। मौरीसँग उड्यो भने महमा पुगिन्छ। मलाई मौरीसँग उड्न मन छ, झिंगासँग होइन। हजुर पनि झिंगासँग उड्न थालेको हो कि! त्यस्तो आभास हुन थालेको छ।’
मुखमा कालो टेप बाँधेर बैठकमा सहभागी भएका ढकालले आफ्नो विवाहको निर्णय समेत पार्टीले गर्नुपर्ने उल्लेख गरेका छन्। ‘मैले बिहे गर्ने कि नगर्ने, कुमार नै बस्ने कि, केन्द्रीय समितिले निर्णय गरिदेओस्। केन्द्रीय समितिले नै केटी खोजेर योसँग गर भन्छ भने पनि तयार छु,’ ढकालले भनेका छन्।
रास्वपाले महामन्त्री ढकालले पार्टीमा छलफल नहुँदै प्रतिवेदन बाहिर ल्याएर पार्टी अनुशासन उल्लंघन गरेको आरोप लगाएको छ।
महामन्त्री मुकुल ढकालको प्रस्ताव :