सिप्रदी र यात्रीबीच विद्युतीय बाइक र स्कूटी बनाउने सम्झौता
सिप्रदी र यात्रीबीच नेपालमै विद्युतीय दुईपांग्रे सवारीसाधन उत्पादन गर्ने सम्झौता भएको छ।
नेपालको बाटो र माटो सुहाउँदो गुणस्तरीय सवारीसाधन उत्पादनका लागि सम्झौता भएको जनाइएको छ। सिप्रदी मुख्यतः अटोमोटिभ तथा एलाइड व्यवसायमा सन् १९८२ देखि आबद्ध छ।
नेपालमै पहिलो इलेक्ट्रिक मोटरसाइकल पी-० र पी-१ बनाएर चर्चा कमाएको यात्री युवा पुस्तामा लोकप्रिय छ। यात्री डिजाइन स्टुडियोले उत्पादन गरेको यात्री मोटरसाइकलले चर्चा कमाएको छ।
आधुनिक प्रविधिलाई आत्मसात् गर्दै देशमा वातावरणमैत्री यातायात प्रणाली विकास एवं विस्तार गर्न यो सम्झौता प्रभावकारी हुने दुवै पक्षको विश्वास छ।