मनसुनमा एनसेलको र्यापिड रेस्पोन्स टोली परिचालन
एनसेलले विपद्का वेला आफ्नो सेवालाई सहज रूपमा प्रवाह गर्न र्यापिड रेस्पोन्स टोली (आरआरटी) परिचालन गरेको छ।
हावाहुरी, बाढी, पहिरो लगायत कारण सेवा प्रवाहमा असर पर्न नदिन आरआरटी परिचालन गरिएको एनसेलले जनाएको छ। यसका लागि जिल्ला जिल्लामा गठन भएका आरआरटीले काम थालिसकेको जनाइएको छ।
आरआरटीले तत्काल काम गरेकाले कोशी, मधेश र गण्डकी प्रदेशका १५ भन्दा बढी जिल्लाका ११६ मोबाइल टावर सञ्चालनमा असर परे पनि साढे चार घन्टामै ७० प्रतिशतभन्दा बढी टावर सञ्चालन भएको एनसेलले जनाएको छ। सडक अवरुद्ध हुँदा अप्टिकल फाइभर ब्रेक भएको, रूख र नेपाल विद्युत् प्राधिकरणको खम्बा ढलेर विद्युत् आपूर्तिमा समेत असर परेको थियो।
आरआरटीलाई विशेष रूपमा आपत्कालीन अवस्था सम्हाल्दै सकेसम्म चाँडो सेवा पुनः सुचारु गर्न तालीम दिइएको छ। यससँगै एनसेलले विपद् पूर्व तयारीस्वरूप नियमित अवस्थाको तुलनामा फिल्डमा खट्ने जनशक्ति १० प्रतिशतले बढाएको जनाएको छ।