घरसँगै पहिरोमा पुरिए दम्पती
बाग्लुङको गलकोट नगरपालिका-८, काँडेबाँसको बिसौनामा दम्पती घर सहित पहिरोमा पुरिएका छन्।
बिसौनाका ५५ वर्षीय प्रेम विक र ५० वर्षीया वसन्ती विक पहिरोमा पुरिएका हुन्। गए राति पहिरो खस्दा घरसँगै दुवै जना पुरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ऋषिराम कँडेलले बताए।
बिहानैदेखि स्थानीय बासिन्दा पहिरो पन्छाइरहेका छन्। घटनास्थलमा प्रहरी टोली पनि पठाइएको कँडेलले बताए।
त्यस्तै, पहिरोले मध्यपहाडी लोकमार्गको बाग्लुङ खण्ड अवरुद्ध भएको छ। यस क्षेत्रमा शुक्रबारदेखि लगातार पानी परिरहेको छ। कालीगण्डकी करिडोर र बाग्लुङ–कुश्मीशेरा सडक पनि अवरुद्ध छ।