नेपालमै बनेको हुन्डाई भेन्यू गाडीको बिक्री शुरू
हुन्डाईको नयाँ गाडी हुन्डाई भेन्यूको नेपालमा बिक्रीवितरण शुरू भएको छ।
नेपालका लागि हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलको भगिनी संस्था लक्ष्मी मोटर कर्पोरेशनले नेपालमा हुन्डाई भेन्यूको उत्पादन गरेको हो। नेपालमा व्यावसायिक उत्पादन गरिएको हुन्डाई भेन्यू गाडीमा नयाँ योजना ल्याइएको छ।
नयाँ योजना अनुसार हुन्डाई भेन्यू खरीद गर्दा ६.९९ प्रतिशत फाइनान्सिङको व्यवस्था गरिएको कम्पनीले जनाएको छ। त्यस्तै, १० वर्षसम्म निःशुल्क सर्भिसिङ र तीन वर्षको वारेन्टी उपलब्ध छ।
लक्ष्मी ग्रूपको लगानी र हुन्डाई मोटर कम्पनीसँगको प्राविधिक सहकार्यमा लक्ष्मी मोटर कर्पोरेशन स्थापना गरिएको हो। कर्पोरेशनले पहिलो पटक नेपालमा हुन्डाई भेन्यूको उत्पादन थालेको हो। नेपालमा उत्पादन हुने गाडी कोरिया र भारतमा उत्पादित मोडल सरहकै हुने कम्पनीले जनाएको छ।
हाल हुन्डाई भेन्यू १.२ (एस)को मूल्य ४४ लाख ९६ हजार तोकिएको छ। त्यस्तै, हुन्डाई भेन्यू १.२ (एसएक्स)को मूल्य ५३ लाख ५६ हजार रुपैयाँ छ।