जंगली च्याउ खाँदा एक जनाको मृत्यु, चार बिरामी
जंगली च्याउ खाँदा मकवानपुरमा एक जनाको मृत्यु भएको छ भने एकै परिवारका चार जना बिरामी परेका छन्।
जंगलबाट ल्याएको च्याउ खाँदा मकवानपुरको राक्सिराङ गाउँपालिका-७, दगुवाङका एकै परिवारका पाँच जना बिरामी परेका थिए। उनीहरूलाई उपचारका लागि भरतपुर अस्पताल भर्ना गरिएको थियो।
च्याउ खाएर बिरामी परेका दलबहादुर प्रजाको मृत्यु भएको छ। उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, मकवानपुरले जनाएको छ।
त्यस्तै, ४५ वर्षीया जालीमाया प्रजा, उनकी छोराछोरीहरू १५ वर्षीया रेन्जु प्रजा, आठ वर्षीया सविना प्रजा र १० वर्षीय सुशील प्रजा बिरामी परेका छन्। भरतपुरमा उनीहरूको उपचार भइरहेको छ। चारै जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
यो पनि पढ्नुहोस् : कसरी चिन्ने विषालु च्याउ?