प्राध्यापक पोखरेलले ल्याए ‘फर्केर हेर्दा’
![प्राध्यापक पोखरेलले ल्याए ‘फर्केर हेर्दा’](https://www.himalkhabar.com/uploads/posts/800X600/krishn-pokharel-1719061230.jpg)
प्राध्यापक कृष्ण पोखरेलको नयाँ पुस्तक फर्केर हेर्दा सार्वजनिक भएको छ।
काठमाडौंमा शनिबार आयोजित कार्यक्रममा पूर्व सांसद कमल कोइराला, प्रा. कृष्ण खनाल, सरू पोखरेल र राजनीतिक विश्लेषक शंकर तिवारीले पुस्तक सार्वजनिक गरेका छन्।
पुस्तक सार्वजनिक कार्यक्रममा बोल्दै लेखक पोखरेलले आफ्नो जीवनका अनेक पानालाई सार्वजनिक गरेको बताए। आफूले देखेको, भोगेको र अनुभूत गरेको समय, परिस्थिति र घटनाक्रमलाई पुस्तकमा समेटेको उनको भनाइ थियो।
![krishn pokharel_1.jpg](https://www.himalkhabar.com/uploads/editor/Book/krishn pokharel_1.jpg)
कार्यक्रममा पूर्व सांसद कोइराला, प्राध्यापक खनाल, पूर्व न्यायाधीश मोहनप्रसाद सिटौला र विश्लेषक तिवारीले पुस्तकमाथि चर्चा गरेका थिए। उनीहरूले पुस्तक पठनीय रहेको भन्दै प्रशंसा गरे।
यो प्राध्यापक पोखरेलको आत्मसंस्मरण हो। यसमा झापा आन्दोलनलाई विस्तृत रूपमा चर्चा गरिएको छ।
पुस्तकलाई शिखा बूक्सले प्रकाशन गरेको हो।