बोलेरो मर्मतमा ‘ज्याला फ्री’ योजना
अग्नि ग्रूप अन्तर्गत बालाजु अटो वर्क्सले महिन्द्रा बोलेरो गाडीका ग्राहकलाई लक्ष्य गरी ‘ज्याला फ्री’ योजना ल्याएको छ।
कम्पनीले ‘ज्याला फ्री, बोलेरो मर्मत र सर्भिसिङमा बचत बढी’ ल्याएको जनाएको छ। यसमा कम्तीमा एक हजार रुपैयाँको स्पेयर पार्टस् खपत गर्नुपर्नेछ।
यो योजना डेन्ट, पेन्ट र बाहिरी श्रममा लागू नहुने जनाइएको छ। यो योजना असार ९ देखि २१ गतेसम्म सञ्चालन हुनेछ।
बोलेरोका ग्राहकलाई थप सुविधा उपलब्ध गराउन यो योजना ल्याइएको बालाजु अटो वर्क्सका सर्भिस हेड शिवसुदन श्रेष्ठले बताए।
उनका अनुसार यो योजना बागमती र गण्डकी प्रदेशका बालाजु अटो वर्क्स अन्तर्गत महिन्द्राका आधिकारिक सर्भिस सेन्टरमा पनि लागू गरिएको छ।