दुबईको क्वालिटी आइसक्रिम नेपाली बजारमा
दुबईमा उत्पादित प्रख्यात क्वालिटी आइसक्रिम नेपाली बजारमा आएको छ।
एसआईआईपीएल ग्रूप नेपालले क्वालिटी आइसक्रिम नेपाल भित्र्याएको हो। काठमाडौंमा एक कार्यक्रमबीच एसआईपीपीएलका अध्यक्ष सौरभ ज्योति, प्योर आइसक्रिमका भाइस प्रेसिडेन्ट मजहर अली (सेल्स, मार्केटिङ तथा सप्लाई चेन), ज्योति ग्रूपका कर्मचारी र विभिन्न व्यापारिक क्षेत्रका व्यक्तिको उपस्थितिमा क्वालिटी आइसक्रिमको बिक्रीवितरण शुरू गरिएको छ।
क्वालिटी आइसक्रिम भारतको ग्रेभिस समूह अन्तर्गत प्योर आइसक्रिमद्वारा उत्पादित प्रख्यात ब्रान्ड हो। सन् १९७७ मा यसले यूएईमा उत्पादन शुरू गरेको थियो।
कार्यक्रममा भाइस प्रेसिडेन्ट मजहर अलीले नेपाली उपभोक्ताको बदलिंदो जीवनशैली, गुणस्तरीय उत्पादनको रोजाइ तथा अन्तर्राष्ट्रिय आइसक्रिम फ्लेभरको बढ्दो बजार मागलाई सम्बोधन गर्दै विभिन्न अन्तर्राष्ट्रिय फ्लेभरका आइसक्रिम भित्र्याएको बताए।
त्यस्तै, एसआईआईपीएल नेपालका अध्यक्ष सौरभ ज्योतिले नेपालमा क्वालिटी आइसक्रिमलाई उपभोक्ताले मन पराइरहेको र आगामी वर्षभित्र देशव्यापी रूपमा २०० स्थानमा विस्तार गर्ने योजना रहेको बताए।