ध्रुवचन्द्र गौतमको ‘गाँती’ सार्वजनिक
आख्यानकार ध्रुवचन्द्र गौतमको संस्मरणात्मक कृति गाँती प्रकाशन भएको छ।
गाँतीमा गौतमका बाल्यकालीन स्मृति र आमासँग जोडिएका सहृदयताका प्रसंगहरू समावेश छन्।
प्रकाशन संस्था रत्न पुस्तक भण्डारले उनका आगामी संस्मरण शृंखलालाई क्रमशः प्रकाशित गर्दै जाने जनाएको छ। यसअघि रत्न पुस्तक भण्डारबाट गौतमका चकमन्नमा एकान्त, सातो, अप्रिय, भीमसेन ४ को खोजी, जेलिएको आदि कृति प्रकाशन भइसकेका छन्।
गौतमका कुल २९ वटा उपन्यास सहित ५९ कृति प्रकाशन भइसकेका छन्।