मनाइयो बकर ईद (तस्वीरहरू)
आज मुस्लिम धर्मावलम्बीको पर्व बकर ईद (ईदुल जोहा) मनाइँदै छ।
ईदुल फित्र अर्थात् रमजान पर्वको ७०औं दिनमा बकर ईद मनाउने गरिन्छ। यस पर्वमा बिहानै स्नान गरी नजीकैको मस्जिद वा ईदगाहमा गई सामूहिक नमाज पढ्ने र शुभकामना आदानप्रदान गर्ने चलन छ। यस अवसरमा दरबारमार्गस्थित नेपाली जामे मस्जिद, कश्मीरी मस्जिद लगायत देशभरका मस्जिद र ईदगाहमा भीड लाग्ने गरेको छ।
यस पर्वका अवसरमा हजका लागि मक्का मदिना जानु शुभ मानिन्छ। मक्का मदिना जान नपाउने हजयात्रीले घरमै बकर ईद मनाउँछन्।
मुस्लिम धर्मावलम्बीले बुधबारसम्म तीन दिन बकर ईद मनाउने गर्छन्। तीनै दिन कुर्बानी (बलि) गर्नुपर्ने मुस्लिम धर्मावलम्बीको विधि रहेको नेपाली जामे मस्जिदका सचिव मन्सुर हुसेनले जानकारी दिए। बकर ईदका अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ।
बकर ईदमा काठमाडौंस्थित कश्मीरी मस्जिदमा देखिएको दृश्य :