मनसुनमा निथ्रुक्क इलाम बजार (तस्वीरहरू)
तराई-मधेश क्षेत्र गर्मीले आकुलव्याकुल भइरहेको वेला पूर्वी पहाडको इलाम बजारलाई भने मनसुनले निथ्रुक्क पारेको छ।
पारिवारिक कामकाजले केही दिनअघि मधेश झरेको थिएँ। सर्लाही र पर्सा हुँदै भारतको रक्सौलसम्म यात्रा गर्दा गर्मीले आकुलव्याकुल बनायो।
कामकाज छिटै सकिएपछि इलाम जाने योजना बन्यो। केही नजिकका आफन्तजनले निम्त्याएका पनि थिए।
उसै पनि इलाम यात्रा रमाइलो हुन्छ। आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्ने यो क्षेत्र देशका प्रमुख पर्यटकीय गन्तव्यमध्ये पर्छ।
झन् आइतबार इलाम पुग्दा त मनसुनले स्वागत गर्यो। देशको बाँकी भाग गर्मीले आक्रान्त रहेको वेला आइतबार मध्याह्नतिर इलाम बजारलाई भने मनसुनले भिजाइरहेको थियो।
इलाम बजारका केही तस्वीरहरू :