डेढ अर्ब घटेर आयो लुम्बिनीको बजेट (पूर्ण पाठ)
लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३८ अर्ब ९७ करोड रुपैयाँको बजेट ल्याएको छ।
आर्थिक मामिला तथा योजनामन्त्री चेतनारायण आचार्यले प्रदेश सभाको शनिबारको बैठकमा आगामी आव २०८१/८२ को बजेट पेश गरेका हुन्। मन्त्री आचार्यले चालूतर्फ ११ अर्ब २४ करोड २७ लाख रुपैयाँ विनियोजन गरिएको बताए।
त्यस्तै, पूँजीगततर्फ २४ अर्ब ५८ करोड रुपैयाँ विनियोजन गरिएको छ। वित्तीय हस्तान्तरणका लागि तीन अर्ब १४ करोड रुपैयाँ छुट्याइएको उनले जानकारी दिए।
अन्य प्रदेश जस्तै लुम्बिनीले पनि संघीय सरकारबाट आउने रकमबाट खर्च बेहोर्ने भएको छ। आन्तरिक राजस्वबाट सात अर्ब ५१ करोड रुपैयाँ, संघबाट प्राप्त हुने राजस्व मार्फत १२ अर्ब एक करोड रुपैयाँ, संघबाट प्राप्त हुने रोयल्टीबाट ५० करोड रुपैयाँ र स्थानीय तहबाट प्राप्त हुने राजस्वबाट दुई अर्ब ९२ करोड रुपैयाँ जुटाइने अनुमान छ।
प्रदेश सरकारले चालू आवको तुलनामा केही घटाएर बजेट ल्याएको हो। चालू आव २०८०/८१ मा ४० अर्ब ४७ करोड ९७ लाख रुपैयाँको बजेट ल्याएको थियो।
संघीय सरकारले दिने अनुदान र प्रदेशको राजस्वको स्रोत पनि वृद्धि नभएका कारण बजेट बढाउन नसकिएको मन्त्री आचार्यको भनाइ छ।
बजेटको पूर्ण पाठ :