गण्डकीको बजेट ३२ अर्ब ९६ करोड (पूर्ण पाठ)
गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३२ अर्ब ९६ करोड ८५ लाख रुपैयाँको बजेट ल्याएको छ।
आर्थिक मामिलामन्त्री टकराज गुरुङले शनिबार प्रदेश सभाको बैठकमा आगामी आव २०८१/८२ को बजेट पेश गरेका छन्। मन्त्री गुरुङले चालूतर्फ १३ अर्ब १६ करोड रुपैयाँ अर्थात् ३९ प्रतिशत विनियोजन गरिएको बताए।
त्यस्तै, पूँजीगततर्फ १९ अर्ब ५१ करोड रुपैयाँ अर्थात् ६० प्रतिशत विनियोजन गरिएको छ।
गण्डकी प्रदेश सरकारले आगामी आवका लागि चालू आवको तुलनामा केही घटाएर बजेट ल्याएको हो। चालू आव २०८०/८१ को बजेट ३३ अर्ब ८२ करोड रुपैयाँको थियो।
गण्डकी सरकारले पर्यटन, कृषि, खानेपानीलाई प्राथमिकतामा राखेको छ। नीति तथा कार्यक्रममा पनि यिनलाई प्राथमिकतामा राखिएको थियो। भौतिक पूर्वाधार निर्माणमा १२ अर्ब ७० करोड रुपैयाँ विनियोजन गरिएको मन्त्री गुरुङले बताए।
यससँगै प्रदेश सरकारले व्यावसायिक कृषिमा जोड दिने जनाएको छ। कृषि तथा भूमि व्यवस्था मन्त्रालयका लागि दुई अर्ब नौ करोड रुपैयाँ विनियोजन गरिएको छ।
बजेटको पूर्ण पाठ :