कोशी प्रदेशको बजेट ३५ अर्ब २७ करोड (पूर्ण पाठ)
कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३५ अर्ब २७ करोड ९३ लाख रुपैयाँको बजेट ल्याएको छ।
आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले शनिबार प्रदेश सभा बैठकमा आगामी आव २०८१/८२ को बजेट प्रस्तुत गरेका हुन्। जसमा चालू खर्चतर्फ १४ अर्ब ४७ करोड २३ लाख रुपैयाँ विनियोजन गरिएको छ। त्यस्तै, पूँजीगततर्फ १६ अर्ब २० करोड २० लाख रुपैयाँ विनियोजन गरिएको मन्त्री मगरले बताए।
प्रदेश सरकारले आगामी आवमा चार अर्ब ९८ करोड रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेको छ। राजस्व बाँडफाँडबाट १२ अर्ब ४० करोड आठ लाख रुपैयाँ, संघबाट प्राप्त हुने वित्तीय समानीकरण आठ अर्ब ९४ करोड ३२ लाख रुपैयाँ, सशर्त अनुदान मार्फत चार अर्ब १६ करोड ४३ लाख रुपैयाँ प्राप्त हुने आकलन गरिएको छ।
यसैगरी, समपूरक अनुदानबाट ६५ करोड ५० लाख रुपैयाँ र विशेष अनुदानबाट ७८ करोड रुपैयाँ प्राप्त हुने बताए। सबै गरेर ३१ अर्ब ९२ करोड ३४ लाख रुपैयाँ खर्च बेहोरिने अनुमान गरिएको छ।
बाँकी रहेकोमध्ये नगद मौज्दातबाट तीन अर्ब २५ करोड रुपैयाँ र वैदेशिक अनुदानबाट १० करोड ५९ लाख रुपैयाँ बेहोरिने जनाइएको छ।
बजेटको पूर्ण पाठ: