कर्णालीको बजेट ३१ अर्ब ४१ करोड (पूर्ण पाठ)
आगामी आर्थिक वर्षका लागि कर्णाली प्रदेश सरकारले ३१ अर्ब ४१ करोड ४१ हजार रुपैयाँको बजेट ल्याएको छ।
कर्णाली प्रदेश सभाको शनिबारको बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री महेन्द्र केसीले आगामी आव २०८१/८२ को बजेट पेश गरेका छन्। जसमध्ये पूँजीगततर्फ १८ अर्ब ७५ करोड आठ लाख ६८ हजार रुपैयाँ अर्थात् ५९.७ प्रतिशत छ।
त्यस्तै, चालूतर्फ सात अर्ब ५७ करोड ५५ लाख रुपैयाँ अर्थात् २४.१२ प्रतिशत रहेको मन्त्री केसीले बताए। वित्तीय व्यवस्थापनतर्फ २५ करोड रुपैयाँ, स्थानीय तहको वित्तीय हस्तान्तरणतर्फ चार अर्ब ८३ करोड रुपैयाँ विनियोजन गरिएको छ।
आगामी आवका लागि कर्णाली सरकारले चालू आवभन्दा दुई अर्ब रुपैयाँ घटाएर बजेट ल्याएको हो। चालू आवको बजेट ३३ अर्ब रुपैयाँको थियो।