पहिरोमा पुरिएर एकको मृत्यु, दुई जना घाइते
संखुवासभाको चिचिला गाउँपालिका-३, सोलाखानीमा पहिरोले पुरिएर एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
गए राति वर्षापछि खसेको पहिरोमा परी अरुण तेस्रो जलविद्युत् आयोजनाका मजदूर बर्दियाका घोराभिट्टाका गंगाराम थारूको मृत्यु भएको प्रहरीले जनाएको छ।
त्यस्तै, पहिरोमा पुरिएर मकवानपुरका उमेश कार्की र गोविन्द थारू घाइते भएका छन्। उनीहरू निदाएका वेला पहिरो खसेको हो।
जलविद्युत् आयोजनाले कामदारका निम्ति निर्माण गरेका १४ कोठामध्ये तीन वटा पुरिएका छन्।