मध्य र पश्चिमी तराईमा तीन दिन तातो लहरको सम्भावना
नेपालको मध्य तथा पश्चिमी तराईमा आगामी तीन दिन अत्यधिक गर्मीको सम्भावना देखिएको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाले देशभरको तापक्रमको अवस्था विश्लेषण गर्दै मध्य तथा पश्चिम तराईका भूभागमा जेठ २९ गतेदेखि ३१ गतेसम्म तातो हावा तथा तातो लहरको सम्भावना रहेको हुनाले यसको असरबाट बच्न आवश्यक सतर्कता अपनाउन पनि अनुरोध छ।
महाशाखाका अनुसार सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराईका केही स्थानमा विगत केही दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी मापन गरिएको थियो।