नीति तथा कार्यक्रम प्रस्तुत गर्दै मधेश सरकार
मधेश प्रदेश सरकारले आज नीति तथा कार्यक्रम ल्याउँदै छ।
आज दिउँसो २ बजे बस्ने प्रदेश सभा बैठकमा प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले सरकारको आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको प्रदेश सभा सचिवालयले जनाएको छ।
असार १ गते बजेट प्रस्तुत गर्नै पर्ने संवैधानिक व्यवस्था भएकाले त्यसअघि मधेश सरकारले आज नीति तथा कार्यक्रम ल्याउन लागेको हो।
मधेश प्रदेशमा गत शुक्रबार (जेठ २५ गते) मात्रै जनमत पार्टीका नेता सतिश सिंह मुख्यमन्त्री नियुक्त भएका थिए।