मधेशमा दुई मन्त्री थपिए
मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले दुई मन्त्री थपेका छन्।
मुख्यमन्त्री सिंहको सिफारिशमा प्रदेश प्रमुख सुमित्रा भण्डारी सुवेदीले जनमत पार्टीका त्रिभुवन साह र मोहम्मद सकिल मियाँलाई मन्त्री नियुक्त गरेकी छन्। साहले वन मन्त्रालयको जिम्मेवारी पाएका छन्।
अहिले मियाँलाई भने कुनै जिम्मेवारी दिइएको छैन। उनलाई विना विभागीय मन्त्री नियुक्त गरिएको हो।
यसअघि जेठ २५ मा मुख्यमन्त्री सिंहले १० मन्त्री र तीन राज्यमन्त्री बनाएका थिए। अब मधेश प्रदेश सरकार १६ सदस्यीय बनेको छ।नवनियुक्त मन्त्रीले आइतबार नै पद तथा गोपनीयताको शपथ लिएका छन्।